मनोज गजुरेलले बिहे गर्न लागेपछि पूर्व पत्निले दिइन यस्तो दनक, भनिन् – ‘छि !छि! कति तुच्छ बिचार’

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । हास्य कलाकार मनोज गजुरेलको पनि बिहे हुने भएपछि उनकी पूर्व पत्निले मनोज गजुरेललाई दनक दिएकी छिन् ।
उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमति अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी छिन् ।
मिनाले पछिल्लो फेसबुक स्टाटसमा लेखिन्, ‘छि छि अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ ।

कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी माथी अन्याय हुन्छ फेरि त्यही चार भित्ता भित्र । सधै गलत निर्णय लिदै गर्दा समाज, छिमेकमा शिर ठाडो पारि बाच्न गार्हो हुन्न र ? खोक्रो आडम्बर ।’गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताए । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ले भन्दै गजुरेलले समय आएपछि आफै पर्दा खुल्दै जाने बताए । उनले निकट भविश्यमै केटीको बारेमा कुरा सार्वजनिक गर्ने बताए ।

२०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि एक अर्का प्रति आरोप लगाउने गरेका थिए ।मनोजलाई पछिल्लो समय कोरोना भएपछि भने मिनाले निकै भावुक स्टाटस लेखेकी थिइन् । मनोज र मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *