कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी गायिका टिका सानु र इन्द्रेणीका संचालक कृष्ण कँडेलबिचको लफडा के हो ?

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी गायिका टिका सानु र इन्द्रेणीका संचालक तथा गायक बिच सामान्य विषयमा भएको कुराकानीको विषय सामाजिक संजालमा भाइरल बनेको छ । गायक तथा प्रखर वक्ता रमेश प्रसाईको विबाहमा जाने क्रममा हतारमा रहेका बेला कृष्णले कार्यक्रम सम्पादनमा केही त्रुटि भएका कारण सुटिगंको क्रममा भएको केही बादविबादका केही दृश्यहरु सम्पादनमा समस्या भएका कारण उक्त कार्यक्रम प्रसारण भएसँगै टिका र कृष्णबिचको समस्या बाहिर आएको छ । सो कार्यक्रममा टिकाले इन्द्रेणी र कलाकारहरु एक अर्काका परिपूरक भएको तर इन्द्रेणीले मात्रै नचिनाएको बताइन् ।

टिकाले आफ्नो प्रतिभाका कारण पनि आँफ चलेको अभिब्यक्तिपछि कृष्णले इन्द्रेणीका कलाकारहरुले बाहिर बाहिर समय दिँदै हिँड्न थालेका कारण समस्या भएको उक्त कार्यक्रममा बताए । सोही भिडियो भाइरल भएसँगै टिका र कृष्ण पुन लाइभमा आएका छन् । लाइभमा आएर कृष्ण र टिकाले आँफुहरुमा कुनै समस्या नभएको बताएका छन् । लाइभमा कृष्ण र टिकाले यो विषयका कारण एक अर्काबिच समस्या नभएको र भोलीका दिनमा सँगै मिलेर काम गर्ने प्रतिवद्धता लाइभमा नै गरेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *