बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा नेपाली सेफ सन्तोष

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन् । मंगलबार साँझ बीबीसी वानमा प्रसारित दोस्रो चरणको प्रतिस्पर्धीमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् ।

उक्त राउन्डमा सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेका थिए । उनी सेमिफाइनल राउण्डबाट अघि बढ्दै अघिल्लो राउण्डका लागि छनोट भएका छन् । भोलि १० तारिख विहीबार ८ जना सेमीफाइनलिष्ट प्रतियोगीबीचमा अर्को चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डको लागि ६ जनालाई छनौट गरिनेछ ।

प्रतियोगिताको फाइनल राउण्ड आगामी डिसेम्बर १७ तारिख हुनेछ । उक्त प्रतियोगितामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *