क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो

कोरोना विशेष विश्व प्रवास स्वास्थ्य
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे ।

यी दुबै चिकित्सक टर्किस् आप्रवासी आमा–बाबुका सन्तान हुन् । जर्मनीको बायोनटेक कम्पनी र उसको अमेरिकी साझेदार फाइजर इन्कले १० महिनामा तयार गरेको भ्याक्सिनले गत बुधबारबाट आपत्कालीन प्रयोगका लागि बेलायतमा अनुमति पाएको छ, यो पश्चिमा जगत्मा भ्याक्सिन निर्माणको नयाँ कीर्तिमान हो । यसअघि सबैभन्दा छिटो भ्याक्सिन विकास भएको भनेकै ३ वर्षभन्दा धेरै अवधिमा हो ।

झट्ट हेर्दा छोटो अवधिमा भ्याक्सिन बनेको छ । तर बायोनटेकका संस्थापक पति–पत्नी उगुर साहिन र ओज्लेम टुरेसीका लागि यो ३ दशकदेखिको अहोरात्र तपस्या र मिहिनेतको उपज हो । गत जाडोयाममा मानिसमा कोरोना भाइरस पहिलोपटक देखिनुभन्दा लामो समयअघिदेखि नै उनीहरु यस काममा खटिएका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *