जापानको त्यो आक्रमण, जसले अमेरिकालाई दोस्रो विश्वयुद्धमा होमिन बाध्य बनायो !

इतिहास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्ल हार्बरमाथि भएको ‘छापामार’ हमला, जसमा २४ सयभन्दा धेरै अमेरिकी मारिए

दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका युद्धमा सहभागी थिएन । तर त्यसस्थितिबीच आजैको दिन अर्थात् ७ डिसेम्बर १९४१ मा अमेरिकाले सपनामा पनि नचिताएको बर्बादीको त्रासद घटना व्यहोर्नु पर्यो । उक्त दिन जापानीहरुले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरमा रहेको प्यासिफिक जहाजी बेडा (प्यासिफिक फ्लिट) माथि आक्रमण गरेर विध्वंशको ताण्डव मच्चाएको थियो ।उक्त दिनस्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५५ मिनेट बजेको थियो । अचानक बिहानीको मौनतालाई चिर्दै स्थानीय आकाश वायुयानको कर्कश आवाजले गुञ्जायमान भयो । केहीबेरमा नै पर्ल हार्बर क्षेत्र जापानी बमबर्षक वायु यानहरुले भरिए । पखेटामा उदाउँदो सूूर्यको प्रतिक चिन्ह कोरिएको एक जापानी बमवर्षक विमानलाई पछ्याउँदै आएका जापानी युद्ध विमानहरुले विनाशको ताण्डव शुरु गरे ।

हज्जारौं किलोमिटर टाढाबाट आएर अमेरिकी आकाश कब्जा गरेका जापानी वमवर्षक विमानहरुले झन्डै दुुई घण्टासम्म पर्ल हार्बरमा लगातार बमबारी गरिरहे । उक्त आक्रमणमा जापानले ६५ वटा जहाजहरु परिचालन गरेका थिए, जसमा ४ वटा हवाइजहाज बोक्न सक्ने हेभी एयरक्राफ्ट क्यारियर, २ वटा हेभी क्रुजर, ३५ वटा पनडुब्बी, २ वटा हल्का क्रुजर, ९ वटा इन्धनवाहक, २ वटा युद्धपोत र ११ वटा विध्वंशक जहाज थिए । त्यसैगरी ३३५ वटा हवाइजहाजहरु पनि युद्धमा सामेल थिए, जसमा ४० वटा टोरपिडो प्लेन, १०३ वटा लेभल बम्बर, १३१ वटा डाइभर बम्बर र ७९ वटा फाइटर प्लेन थिए ।

पखेटामा उदाउँदो सूूर्यको प्रतिक चिन्ह कोरिएको एक जापानी बमवर्षक विमानलाई पछ्याउँदै आएका जापानी युद्ध विमानहरुले विनाशको ताण्डव शुरु गरे । हज्जारौं किलोमिटर टाढाबाट आएर अमेरिकी आकाश कब्जा गरेका जापानी वमवर्षक विमानहरुले झन्डै दुुई घण्टासम्म पर्ल हार्बरमा लगातार बमबारी गरिरहे ।

चारैतिरबाट बम खसेकाले र आक्रमण भइरहेकाले अमेरिकी सुरक्षाकर्मीहरुले आफ्नो सुरक्षाका लागि कता गोली चलाउने भनेर सोच्न पनि भ्याएनन् । उनीहरुले हेर्दाहेर्दै एकपछि अर्को गर्दै जापानीहरुले पर्ल हार्बरको हवाई मार्ग, भवन, भण्डारण कक्ष र त्यहाँ राखिएका युद्धक विमानहरुलाई ध्वस्त बनाए । अप्रत्याशित रुपमा गरिएको सो हमलामा २४ सय ३ जना अमेरिकी जवान मारिए, ११ सय ७८ भन्दा बढी घाइते बने । सो घटनामा आठवटा युद्धपोत जहाज डुबे, १६९ वटा विमान नष्ट भए, १ सय ५९ वटा विमान क्षतिग्रस्त बने । अलिकति होस सम्हालेपछि अमेरिकाले पनि बचेखुचेका युद्धविमान तथा गोलीगठ्ठाले प्रत्याक्रमण गरे ।
भनिन्छ, अमेरिकी सेनाका जवानहरुले विमानभेदी बन्दूकहरुको मद्दतले जापानी हमलावरहरुका विरुद्धछ २ लाख ८४ हजार राउण्ड गोली प्रहार गरेका थिए । सोही हमलाका क्रममा झन्डै एक सय जापानी सैनिक पनि मारिए । जापानका २९ विमान ध्वस्त भए, पाँच वटा पनडुब्बी नष्ट भए । सो हमलामा १२९ जना जापानीहरु मारिए भने एक जनालाई जिउँदै बन्दी बनाउने सफलता अमेरिकाले पाएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *