बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई नगदसहित सम्मान

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दोहा– बीबीसीको सय प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नगदसहित सम्मान गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे।मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। सम्मानस्वरुप प्राप्त रकम आफूजस्तै बेसहाराका लागि खर्च गर्ने बताइन्।

सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *