बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ। नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो।बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताए। नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो।

“आधुनिक नेपालको पहिलो सेना प्रमुखको रूपमा पृथ्वीनारायणलाई सेनाले अङ्गिकार गरेको छ”, थापाले भने,“उहाँकै सम्मानमा शालिक निर्माण गरेर अनावरण गर्न पाउँदा गौरवको महसुस भएको छ।” यस परिकल्पनाकारलाई मूर्तरूप दिन तन, मन, वचन र कर्मले हरेक कार्यमा सहयोग गर्ने सबैलाई सहायक रथी थापाले धन्यवाद ज्ञापन गरे।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *