आफ्नो सबै जग्गा प्रधानमन्त्री मोदीको नाममा पास गरिदिनु भन्दै वकिलकहाँ पुगिन् यि महिला, कारण थाहा पाएर वकिल भए भावुक

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक महिला आफ्नो नाममा भएको सबै जमिन प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा नामसारी गरिदिनु भन्दै जब वकिलकहाँ पुगिन् वकिलहरु नै चकित् परे । उनले आफुसंग १२ विगाहा जमिन भएको र त्यो सबै प्रधानमन्त्री मोदीको नाममा नामसारी गर्न चाहेको वकिललाई बताइन् ।

मैनापुरी जिल्लाकी ८५ वर्षीया बिट्टन देवी नामकी वृद्धा महिलाले किन यस्तो निर्णय गरिन् ? वकिलहरु अचम्म परे । बुधबार उनी मैनापुरीको तहसील कार्यालय पुगेकी थिइन् । उनले त्यहाँ एक वकिलसँग आफ्नो नाममा भएको जमिन प्रधानमन्त्रीका नाममा नामसारी गरिदिन आग्रह गर्दा सुरुमा त वकिलहरुले विश्वास गरेनन् ।
यो कुरा सुनेर वकिलसहित त्यहाँ रहेका सबै अचम्म परे। तर यसको पछाडि भावुक कारण रहेको थाहा पाएपछि उनीहरुले महिलालाई पछि आउनु भनेर पठाए ।

न्युज एजेन्सी पीटीआईका अनुसार बिट्टनी विकास खण्ड, किसनीको चितयान गाउँकी बासिन्दा हुन्। उनका सन्तान पनि छन् । तर आफ्नो सम्पत्ती उनी सन्तानलाई दिन चाहन्नन् । वृद्ध अवस्थामा आफुलाई वास्ता नगर्ने सन्तानलाई आफ्नो सम्पत्ती दिन नचाहेकी वृद्धाले प्रधानमन्त्री मोदीलाई नै जमिन दिने इच्छा ब्यक्त गरेकी हुन् । उनीसँग लगभग साढे १२ बिघा जमिन छ। मैनपुरी तहसील स्थित वकिल कृष्ण प्रताप सिंह लगायत वकिललाई आफ्नो कुरा राखिन् ।

ती वृद्ध महिलालाई वकिलहरुले राम्ररी सम्झाए तर पनि उनी आफ्नो अडानमा अडिग रहिन् र जग्गा नामसरी गर्न आग्रह गरिरहिन्। ती बृद्धाको जिद्दी कायमै रहेपछि वकिलहरुले उनीका बारेमा जानकारी मागे।त्यसपछि वृद्ध महिलाले आफ्ना पतिको निधन भएको बताइन् । दुई छोरा र बुहारी रहेको भएपनि उनी एक्लै बस्दै आएकी थिइन् । छोरा र बुहारीहरुले आफ्नो हेरचाह नगरेको, खान लगाउन नदिएको उनको भनाइ थियो। सरकारले प्रदान गरेको बुढ्यौली पेन्सन योजना नै आफ्नो जीवनको एक मात्र साहारा भएको उनको भनाइ थियो।

बुढ्यौलीमा साहारा दिने सरकार र त्यसको त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री मोदी नाममा आफूले सबै जग्गा दिन चाहेको उनले बताएपछि वकिलहरु पनि भावुक भए । उनी प्रधानमन्त्री मोदीले लागू गरेको कार्यक्रमवाट नै आफु जिवित रहन सकेको भन्दै जमिन पनि मोदीलाई नै दिने निर्णयमा पुगेको बताइन् ।उनको कुरा सुनेपछि वकिलले उनको कुरा जिल्लाका अधिकारीसँग राख्ने भन्दै घर फर्काएका थिए। ती वृद्धा महिला दुई दिनपछि फेरि फर्केर आउने भन्दै गएकी थिइन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *