श्रीकृष्ण बि’तेको ६ वर्षपछि दोस्रो बिहे गर्दै नायिका श्वेता खड्का, यस्ता छन् श्वेताका हुनेवाला श्रीमान् !

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । केही समय अघि देखि चलेको यो चर्चालाई नकार्दै आएकी स्वेताको विवाहको कार्ड समेत सार्वजनिक भएपछि भने उनले कुनै प्रतिकृया दिएकी छैनन् । तर उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको प्रमाण विवाहको कार्डले देखाउँछ ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । उनले विवाहवारे गरिने प्रश्नलाई टार्दै आएकी थिइन् । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु ।

उनले आफ्नो विवाहमा फिल्मी कलाकारलाई निम्ता दिन्छिन् की दिन्नन् त्यो भने हेर्न बाँकी नै छ । कोरोनाको क:हरकाबीच हुन लागेको विवाहमा उनका नजिकका आफन्त मात्र सहभागी हुनसक्ने आँ:कलन गरिएको छ । श्वेताले नकार्दै आएपनि अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ ।

नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *