हार्दिक बधाई : कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित भएका छन् । सम्मानित हुनेमा तपन कुमार राई र मोहन बहादुर थापा रहेका छन् , उनीहरुलाई कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले जनही १५ हजार कतारी रियाल पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।सम्मानित हुने थापा पनि सन् २०१० मै कतार प्रवेश गरेका थिए ।

सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गरेका र अहिले सबै काममा आफू पोख्त भैसकेका छन् । त्यस्तै सम्मानित हुने राई सन् २०१० मा कतार आएका थिए । पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गरेका उनी त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भएका थिए ।

निर्माण सम्बन्धी धेरै काममा पोख्त रहेका उनले नसिर अल अलि ईन्टरप्राईजेज जस्तो कम्पनीमा काम गर्न पाएकोमा एकदमै खुशी रहेको बताउछन् ।नेपालीहरुसंगै कम्पनीले दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेल पनि सम्मानित भएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *