सरकारी जागिरमा पहिलो र दोस्रो स्थानमा नाम निकालेपछि प्रेममा परेको यो जोडीको चौतर्फी चर्चा, चर्चा सेलाउन नपाउँदै डिर्भोस

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारी सेवाको आर्कषण बढ्दो छ । यही आर्कषणका बिच पनि बिद्यार्थीहरु सरकारी सेवामा नै जागिर खान लालायित छन् । नेपालमा मात्रै सरकार जागिरको चाहना बढेको होइन । भारतीयहरु पनि सरकारी सेवामा प्रवेश गरेर सुरक्षीत जिन्दगी जिउन चाहान्छन् । यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा ९आईएएस० अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खान पति पत्नि बन्नु अघि सरकारी जागिर भएता जे पनि हुन्छ भन्ने सोचमा थिए ।

सन् २०१५ मा यूपीएससीमा यि दुवैले जागिर खाए । टीना यूपीएससीको प्रथम बनिन्, त्यस बर्ष अतहर दोस्रो स्थानमा थिए । भनिन्छ कि टीना र अतहर प्रशिक्षणको क्रममा एक अर्काको नजिक आए र विवाह गर्ने निर्णयमा पुगे ।

उनीहरु कामकै क्रममा एक अर्काको प्रेममा परे र सन् २०१८ देखि दुबैको विवाह चलिरहेको थियो । आईएएस दम्पतीलाई धेरै राजनीतिज्ञहरूले बधाई दिएका थिए । जबकि, हिन्दू महासभाले यस विवाहलाई प्रेम जिहाद भनेको थियो । टीना डाबीको परिवार मूल रूपमा जयपुरका हुन् । यद्यपि उनको जन्म भोपालमा भएको थियो । टीनाका बुबा जसवन्त डाबी र आमा हिमानी दुबै इन्जिनियर हुन् । दुबै यूपीएससीमा रआइएस परीक्षा उत्तीर्ण छन् ।

यूपीएससीमा छनौट भएपछि टीना र अतहरले मसूरीमा प्रशिक्षण लिए । यहाँबाट दुई जना नजिक आएको बताइएको छ । तर विबाह गरेको २ वर्ष नबित्दै यो जोडीको डिर्भोस भएको छ । दुवैको सुन्दरताका कारण विबाह भएपछि उनीहरुको सबै दृष्टीकोणबाट चर्चा चलेको भएता पनि अहिले सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ । अहिले यो जोडी एक अर्काको प्रतिकारमा उत्रिएको उनीहरुका फेसबुक स्टाटसले बुझ्न सुकिन्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *