काठमाडौ । बौद्धमा कोठा भाडामा बस्दै आएका एक परिवार मध्य दुई जना निधन भएको अवस्थामा फेला परेका छन् भने एक जना अ’चे’त अवस्थामा फेला परेका छन् । कोठामा एक महिला आफ्नो एक महिनाको छोरीसहित निधन भएको अवस्थामा फेला परेकी हुन् ।
उनका श्रीमान भने अ’चे’त अवस्थामा उपचारार्थ अस्पताल लगिएको छ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरी निधन भएको अवस्थामा फेला परेका हुन् ।सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पासंग बस्दै आएकी थिइन् । उनीहरु पसल गर्दै आएका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्की का अनुसार दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । राती सु’त्दा हिटर बालेर सु’ते’को हुँदा नि’स्सा’सिएर उनीहरुको निधन भएको हुनसक्ने आशका गरिएको छ ।
किराना पसल गर्दै आएका उनीहरु अबेर सम्म पनि नउठेपछि घरभेटी बोलाउन गएका थिए । घरबेटीले सामान लिन जादा उनीहरुको त्यस्तो अवस्था देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।