च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री

खेलकुद
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

फ्रेञ्च रेफ्री स्टेफानी फ्रापपार्ट युरोपियन च्याम्पियन्स लिगको पुरुषतर्फको प्रतिस्पर्धा खेलाउने पहिलो महिला रेफ्री भएकी छिन्। बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’ को खेलमा इटालियन क्लब युभेन्ट्स र युक्रेनको क्लब डाइनामो किभबीचको खेल खेलाउँदै स्टेफानीले इतिहास रचेकी हुन्।

टुरिनमा भएको खेलमा युभेन्ट्सले किभमाथि ३–० को जित निकाल्यो।उनले युरोपियन प्रतिस्पर्धा खेलाएको पहिलो पटक भने होइन। यसअघि उनले युइएफए सुपरको फाइनल पनि खेलाएकी थिइन्।सन् २०१९ को कपमा इंग्लिस क्लबद्वय लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा भएको थियो।

३६ वर्षीया फ्रापपार्टले महिला विश्वकपको फाइनल पनि खेलाएको थिइन्। फ्रान्समा भएको प्रतिस्पर्धामा अमेरिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भएकी थिइन्। उनीसँग फ्रेञ्च लिग वान र युरोपा लिग खेलाएको पनि अनुभव छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *