स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपुर– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । अन्य २ जना ग’म्भी’र घाइते भएका छन् ।

थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको बसले लु २० प २४३७ नम्बरको मोटरसाइकललाई भित्री सडकमा ठक्कर दिएको थियो । बसको ठक्करबाट मध्यविन्दु नगरपालिका १३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो ।

कुमालको चितवनमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।

दुर्घटनामा परी मध्यविन्दु नगरपालिका १३ निवासी मनु विक र सोही ठाउँकै २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । घाइते दुबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिएको बस प्रहरी चौकी चोरमाराले नियन्त्रणमा लिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *