बिचरा निरज : धनगढीमा १८ गते थियो परीक्षा, तर साथीलाई अन्तिम शुभकामना दिँदै १५ गते अस्ताए !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी: कोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धामाधम घरतर्फ लागे। त्यही भिडमा थिए १९ वर्षीय निरज कुँवर। धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनमा कक्षा ११ मा व्यवस्थापन संकाय लिएर अध्ययन गरिरहेका उनी पनि गाडी चढेर अछाम गएका थिए।

अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा रहेको घर पुगेका उनले केही महिना त्यहीँ बिताए। त्यहाँ उनका आमाबुवाको एउटा सानो होटल छ। लकडाउन सकिएपछि विद्यालय तथा कलेजहरु फेरि सुचारु हुन थालिसकेका छन्।

रोकिएका परीक्षा समेत सुरु हुने जानकारी पाएपछि निरज फेरि धनगढी आउनुपर्ने भयो। धनगढीमा कोठा भाडा लिएर बस्दै आएका उनी सोमबार बिहानै धनगढीका लागि हिँडे। धनगढी हिड्नुपूर्व उनले आफ्नो साथीलाई फेसबुकमा पोष्ट राख्दै जन्मदिनको शुभकामना दिएका थिए। उनले फोटो समेत राखेर ‘ह्याप्पी बर्थडे ब्यूटिफुल लेडी’ लेखेका थिए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *