आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै प्रहरी बोलाइन्

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

उनको दराज फोडिएको थियो भने सामान पनि असरल्ला छरिएका थिए । कोठावाट सुनचाँदीका गहना चोरी भएको महिलाले प्रहरीलाई बताइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा छिमेकीले पनि सो घरमा कोही नआएको बताए । महिलाले पनि अनौठो स्वभाव देखाएपछि प्रहरीको अनुसन्धान महिला तर्फ नै मोडियो ।

अन्तत आफ्नै घरमा चोरी भएको नाटक गरेकी महिला महालक्ष्मी नगरपालिका(१ स्थित घर भएकी कान्छी पोडेलाई प्रहरीले पक्राउ गरेको छ । सम्बन्ध राम्रो नभएपछि उनका श्रीमान अलग बस्न थालेका थिए । त्यही मौकामा उनले यस्तो योजना बनाएको खुलेको छ । प्रहरीले उनीमाथि चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको भन्दै पक्राउ गरेको हो।

श्रीमान कान्छा पोडेवाट अलग बस्न र सम्पत्ती आफुले मात्र प्रयोग गर्न महिलाले यस्तो नाटक गरेको खुलेको छ ।= कान्छीले प्रहरीलाई आफ्नो करिब २६ लाख नगद, दुई तोला सुनको सिक्री, एक तोला सुनको सिक्री, दुई तोलाको हातमा लगाउने बाला, आधा तोलाको झुम्का एक जोर, पाँच तोला चाँदीको पाउजु एक जोर र २० तोलाको चाँदीको मूर्ति हराएको जानकारी गराएकी थिइन्।

तर प्रहरीले उनको घरको खानतलासी गर्दा खानतलासी गरेपछि माथिल्लो तल्लाको पूजा कोठाबाट हराएका सामान बरामद गरेको हो। पूजाकोठामा रहेको स्टिलको दराजभित्र लुकाएर राखेको अवस्थामा फेला पारेको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *