पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई भीमसेनदास प्रधानको चुनौती

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले राजसंस्था पक्षधरहरुले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रधानले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न चु’नौ’ती समेत दिनुभयो । उहाँले अहिले राजतन्त्र फर्काउनु पर्छ भनेर भइरहेको प्रदर्शन कुत्सित ष’ड’य’न्त्र भएको आरोप लगाउँदै अब नेपालमा राजतन्त्र फर्कन असम्भव भएको दावी पनि गर्नुभयो ।
गणतन्त्र र धर्मनिरपेक्षता आफुहरुको एजेण्डा भएको बताउँदै नेता प्रधानले यही एजेण्डा बोकेर जनता जाँदा परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले पूर्व राजा ज्ञानेन्द्रलाई नीति तथा कार्यक्रम र भिजनसहित आउँन आग्रह गर्दै लोकतान्त्रिक पद्धतिमा दल खोल्ने अधिकार सबैलाई भएको बताउनु्भयो ।

कार्यक्रममा नेता प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको सेनाले सीमामा त्यति चासो नलिएको समेत उहाँको दावी छ ।

उहाँले अगाडि भन्नुभयो ,‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढी सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सीमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि ।

हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् । नेपालले आफ्नो हितमा काम गर्नुपर्छ ।’ नेता प्रधानले भारत र चीनसँग कुनैपनि किससमको शंका÷उपशंका गर्न नहुनेमा पनि जोड दिनुभयो ।
नेकपाभित्रको विवादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्याण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिनुभयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *