जतिसुकै उफ्रिएपनि कुनै हालतमा राजतन्त्र फर्कदैंनः कांग्रेस नेता भीमसेनदास प्रधान !

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् । उनले यो सबै धमिलो पानीमा माछा मार्ने खेल भएको बताएका छन् । राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताउँदै नेता प्रधानले गणतन्त्र, धर्मनिरपेक्षता नै नेपालको एजेण्डा भएको बताएका छन् ।

उनले भनेका छन्,‘हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । यदि राजाले पार्टी खोले भने त्यो हो डेमोक्रेसी हुनेछ । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । अब राजा नै आउने हो भने प्रजातन्त्रको प्रकृयाबाट तलदेखि उठेर आउनुपर्छ ।’ यसका साथै नेता प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *