कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ । संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन ¥यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार डब्ल्युएचओको सहयोगमा यो विधीबाट परीक्षण थालिएको हो । यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय छ । काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट परीक्षण सुरू हुनेछ ।उपत्यकामा यो प्रभावकारी देखिए मास स्क्रिनिङ पनि सुरू हुनेछ । यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना छ । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परीक्षण थालिएको छ ।

महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको छ


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *