भिडियो कल गरेर छिट्टै घर आउदै छु भनेका प्रेमको पर्सीपल्ट शव आयो’ थामिएन बर्बरी आ’शुका धारा !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

डीउटीको क्रममा भारतको जम्मुकश्मिरमा पाकिस्तानी सेनाले हानेको गोली लागेर मृ’त्यु भएका भारतीय सेनामा कार्यरत नायक तुलसीपुर उपमहानरपालिका–९ बेलुवा निबासी प्रेम केसीको पार्थिव शरिर । केसीको शुक्रबार बिहान करिब साढे पाँच बजे पाकिस्तानी सेनाको गोली लागेर मृत्यु भएको भारतीय सेनाका सुवेदार लक्ष्मण हमालले जानकारी दिएका छन् । उनको शव गएराति एक बजे तुलसीपुर स्थित बेलुवामा रहेको घरमा ल्याइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

केसीको आजै शितलपुरकाे बबैनदीमा अन्त्यष्टि गरिएको छ । १३ बर्ष अघि उन भारतीय सेनामा भर्ती भएका थिए ।भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो । फोन त आयो तर दुःखद घटनाको फोन ।तपाईको श्रीमानलाई गोली लागेको छ भेट्न आउनुस म उहाँको साथी हो । गो’ली लागेको खबर आए लगत्तै बुबा लालबहादुर केसीले सोही नम्बरमा फोन गरेर विस्तृत रुपमा बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी आयो ।

‘भारतको सुन्दर माबनी सेक्टर जम्मुमा बिहानको डिउटीमा बसेको बेला पारीबाट पाकिस्तानी सेनाले हानेको गोली लागेर प्रेमको मृत्यु भयो,’ भारतीय सेनाका सुवेदार लक्ष्मण हमालले तुलसीपुर खबरलाई भने –‘ यो चलिरहन्छ । हामीले पनि हान्छौ उनिहरुलो पनि हान्छन् ।’ उनको कुरा सन्दा लाग्छ यो गोली हान्ने कुरा सामान्य हो । तर बाँच्नका लागि चलाखी गर्नुपर्छ । पाकिस्तानी सेनाले हानेको गोली प्रेमको निधारमा लाग्यो तत्कालै उनि भूँइमा लडे ।

अघिल्लोदिन, जनवरीमा विदा हुन्छ त्यसपछि आउँछु भनेर घरपरिवारका बा–आमा, श्रीमती र छोराछोरीसंग भिडियो कल गरेर विदाभएका तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी प्रेम केसी घरमा कहिल्यै नआउनेगरि विदेशी भूमिमा प्राण त्यागे । डिउटीमा बसेका प्रेमलाई दुस्मनले एकाबिहानै करिब ५ बजे निशाना बनाए र नउठ्नेगरि सधैका लागि जमीनमा ढले ।

१३ बर्ष अघि भारतीय सेनामा जागीर खाएका प्रेम सेनाको नायकसम्म पुगेका थिए । श्रीमानको मृत्युको खबरले भावव्यहोल भएकी श्रीमती छिनछिनमा मूर्छा पर्ने र बेहोस हुने गर्छिन् । प्रेमका ५ बर्षका छोरा आरब र ७ बर्षकी छोरी अनु छन् । यसैबिच प्रेमको आज अन्तिम दाहासंकार गरिएको छ । तुलसीपुरको बबईनदीमा अन्त्यष्टि गरिएको पारिवारीक स्रोतले बताएको छ । तुलसीपुर खबर बाट****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *