जंगीदै ओली र प्रचण्डलाई मन्त्री पुनको चुनौति,‘पदबाट राजीनामा दिनुस् र हामी युवालाई अभिभारा सुम्पनुस्

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताएका छन् । रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री पुनले वर्तमान राजनीतिक अवस्थालाई आँकलन गर्दै अबको देशको अभिभारा सम्हाल्नकोलागी युवा पुस्ता तयार रहेको बताएका छन् ।

मन्त्री पुनले घुमाउरो पारामा दुवै अध्यक्षले सहमतिका साथ पार्टी र सरकारको नेतृत्व अब युवाको हातमा सुम्पनु पर्ने बताएका थिए । उले यदि सम्बृद्ध नेपाल चाहेकै हो भने यो कुरामा विचार गर्दै दुवै अध्यक्षले पदबाट राजीनामा दिएर युवालाई देशको अभिभारा सुम्पिए भने आफुहरुले त्यो अभिभारालाई स्वीकार्दै देशको नेतृत्व लिन तयार र सक्षम रहेको बताएका थिए । उनले भनेका थिए,‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ।’

उनले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *