दुखद खबर : खेतमा काम गरिरहेका किसानमाथि आ’क्रमण गर्दा १ सय १० किसान मारिए

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं-नाइजेरियामा खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आ’क्रमण गर्दा १ सय १० जना किसान मारि’एका छन् ।संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व प्रभावित बोर्नो राज्यको राजधानी मैदुगुरी नजिकै ग्रामिण समुदायमाथि बन्दुकधारीले जथाभावी गोली चलाउँदा १ सय १० जना किसान मा’रिएका हुन् ।

घटनाको बारेमा कसैले जिम्मेवारी नलिएको बताइएको छ । यद्यपी पश्चिमी अफ्रिकाको इस्लामिक स्टेट आइएसडब्लुएपी)र बोकोहराम लगायतका सशस्त्र समूहले आ’क्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनमा केही महिला अपह’रणमा परेको राष्ट्रसंघ दाबी गरेको छ ।

पछिल्ला वर्षहरुमा विभिन्न सशस्त्र समूहहरुबाट भएका आक्रमणमा ती क्षेत्रमा ३० हजार भन्दा बढी सर्वसाधारण मारिए’का छन् । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाको निन्दा गर्दै सशस्त्र गतिविधिबाट समस्या समाधान नहुने भन्दै वार्तामा आउन आग्रह गरेकबा छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *