म’र्नुअघि तिम्रो मुख हेर्ने धो’को छ छोरा, जहाँ भए पनि एक पटक घर आउन ल’

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ – वि.स २०७३ सालको नयाँ वर्षमा घर आउँछु भनेका धादिङ धुनिवेशी नगरपालिका–१, उप्रेती गाउँका राजन उप्रेती अझैसम्म पनि घर फर्कनुभएको छैन ।जर्मनी गएको ९ महिनामै त्यहाँबाट फर्केका राजन काठमाण्डौ ओर्लिएर दिदी कल्पना पाठकको घर बसेर घर आउँछु भनेको ४ वर्ष भयो, तर अझै पनि अत्तोपत्तो छैन । छोरो राजन उप्रेती आउने बाटो कुरेर बस्नुभएकी आमा राधिका उप्रेतीका आँखा दिनभरि घरछेउकाे बाटाे हेर्दाहेर्दै थाक्छन् ।

घर सल्लाह गरेर पढ्नको लागि जर्मन गएका राजन गएको ९ महिनामा नेपाल फर्कनुपर्यो । राजनको जर्मन सोचजस्तो भएन । १२ लाख रुपँैया खर्च गरेर जर्मनी गएका राजन दुई पटकसम्म जर्मनीको विद्यालयमा परीक्षा दिँदा पनि सफल हुनुभएन । परीक्षामा सफल हुन नसकेपछि राजन जर्मनीमा भागेर काम गर्न थाल्नुभयो । त्यसरी विद्यार्थी भि’ामा गएको र भा’गेर काम गरेको थाहा पाएपछि जर्मन प्र’हरीले राजनलाई समातेर घर फर्काइदियो ।

सुन्दर सपना देखेर जर्मन जानुभएका राजनको वैदेशिक यात्रा सफल नभएपछि उहाँ चिन्तामा रहनुभएको माइलो दाजु मनोज उप्रेतीले बताउनहुन्छ । नेपाल ल्याउनको लागि त्यस बेलामा जमर्न प्र’हरी समक्ष २ लाख ३४ हजार ह’र्जना तिर्नुपरेको मनोज उप्रेतीले बताउनुभयो ।

नेपाल आइसकेपछि राजनले घरमा फोन पनि गर्नुभएको थियो । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि राजनले माइला दाजु मनोज उप्रेतीलाई फोन गरेर किन लिन नआएको भनेर पनि सोध्नुभएको थियो । मनोजले आफू खेतमा काम गरिरहेकाले आउन नभ्याएको बताउनु पनि भयो ।‘त्यसपछि भाइले दिदी कल्पना पाठकको घरमा बसेर भोलि आउँछु भनेको थियो तर चार वर्ष भयो मरे बाँचेको थाहा छैन’, माइला दाजु मनोजले आँखभरि आँसु पार्दै भन्नुभयो ।

राजन उप्रेती

कल्पनाका अनुसार राजन त्यो रात उहाँको घरमा बस्नुभएको थियो । ‘त्यो रात बसेर भोलिपल्ट बिहान जर्मनीको पैसा पनि छ, साटेर आउँछु भनेर घरबाट निस्केको हो’, कल्पनाले भन्नुभयो, ‘त्यसपछि न यहाँ आयो, न त घर धुनिवेशी नै गयो ।’

राजन बे’पत्ता भएदेखि घरपरिवार सबैतिर चिन्ता छाएको छ । ‘नयाँ वर्षको दिन घर आउँछु भनेको थियो तर आएन’ आमा राधिका उप्रेती भन्नुहुन्छ, ‘मेरो छोरा, तिमी जहाँ भए पनि आउ, तिम्रो मुख हेरेर म’र्ने धोको छ ।’
राधिकाका आँखा आँशुले भरिएका हुन्छन् । आँखाभरि आँशु पार्दै उहाँ भन्नुहुन्छ, ‘ तिमी बे’पत्ता भएदेखि नरोएको दिन छैन । पैसा ठूलो कुरो होइन छोरो यहीँ दुःख सुख गरेर बसौँला ।’

भाइ बे’पत्ता भएपछि दाइ मनोजले प्र’हरी कार्यालयमा पनि निवेदन दिनुभएको छ । तर अहिले सम्म कुनै अत्तोपत्तो भएको छैन । अस्पतालमा बेवारिसे शव तथा मानिस भेटियो भनेपछि दाजु मनोज उप्रेती कतै आफ्नै भाइ पो हो की भन्दै दगुर्दै अस्पताल पुग्नुहुन्छ ।

केहि गर्दा पनि कतैबाट भाइको ख’बर नआएपछि दाजु मनोज उप्रेती पनि चिन्तामा हुनुहुन्छ । भाइको खोजी गर्नको लागि झाँक्रीलाई पनि हेराउनु भएको छ । एक पटक जसरी भए पनि जहाँ भए पनि घर आउनको लागि दाजु मनोज उप्रेतीले आग्रह गर्नुभएको छ ।

परिवारले राजन उप्रेतीको खोजी गरीदिन आप्रवासी श्रोत केन्द्र धादिङमा पनि निवेदन दिनुभएको छ । राजन उप्रेतीको खोजीको लागि आप्रवासी श्रोत केन्द्र धादिङले सरोकारवाला निकाय सँग समन्वय गरेर काम गरीरहेको सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *