बलात्कार प्रकरणमा वडाध्यक्ष साँउदसहित चार पक्राउ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी– किशोरी ब`ला`त्का`र प्रकरणमा वडाध्यक्षसहित थप चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँदसहित थप चारजना रहेका प्रहरीले जनाएको छ ।सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो । योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।बलात्कार घटनाका मुख्य आरोपित सिगास–३ का दीपकसिंह धामी भने फ`रा`र रहेको प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागिसकेको प्रहरीले जनाएको छ ।

सिगास–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो । तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

सो घटना बाहिर आएपछि प्रहरीले यसलाई ग`म्भी`र`ताका साथ लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । यो घटनामा मुख्य आरोपित फरार रहे पनि घटनालाई ढाकछोप गर्ने वडाध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनले भने, “अनुसन्धानकै क्रममा छौँ, ग`ल`त गर्नेमाथि कानूनी कारबाही हुन्छ ।”

पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *