अन्तिम संस्कारको समय जब ला’सले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि…

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अ`चा`न`क आफ्नो टाउको हल्लाउन लागे र जि’उँदो निस्केका छन् । त्यसपछि केही मानिसहरु डराउँदै त्यहाँबाट भागेका पनि थिए । डाक्टरहरुका अनुसार कपकहाला गाउँमा ग्रामीण सीमान्चक मलिकलाई अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगिएको थियो तर उनले टाउको हल्लाएपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो । जहाँ उपचारपछि उनको अवस्था स्थिर रहेको बताइएको छ । प्रहरीका अनुसार मलिक भेडाबाख्रा लिएर शनिबार जंगल गएका थिए । सबै गाइबस्तु बेलुका घर फर्किए तर उनी फर्किएनन् । यसका साथै शनिबार बिहान केही मानिसहरुले मलिकलाई असामान्य अवस्थामा भेटे र उनलाई घर लिएर आए । परिवारका सदस्यहरु र गाउँलेहरुले मलिकलाई मृ`त ठान्दै अन्तिम संस्कारको तयार गरेका थिए । मलिकको उपचारपछि उनको अवस्थामा सुधार आएको पूर्व स्थानीय सरपञ्च रन्जन मलिकले बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *