नेपालको कृषि क्षेत्र सङ्कटमा छ : कृषि मन्त्री भूसाल

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, १३ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्र सङ्कटमा भएको बताउनुभएको छ । समग्र कृषि क्षेत्र स`ङ्क`ट`मा भएको उल्लेख गर्दै मन्त्री भूसालले कृषिको एउटा क्षेत्र सुधार गरेर मात्रै नपुग्ने बताउनुभयो ।

विगतको व्यवस्थामा कृषि भनेको वैदेशिक सहयोगमा भएकाले तत्कालीन समयमा सहयोग, पैसा तथा प्रविधि समेत भित्रिए पनि त्यसलाई हामीले आफ्नोबनाउन नसकेको भुसालले बताउनुभयो ।पछिल्लो समय कृषिको सबै क्षेत्र बजारलाई छोड्दा कृषि क्षेत्र सङ्कटमा पुगेकाले कृषिको कुनै पनि व्यवस्था नभएको भुसालले बताउनुभयो । चितवनको सौराहामा आज आयोजित दुग्ध किसानहरुसँगको अन्तरक्रियामा मन्त्री भुसालले नेपालको कृषि व्यवस्था बनाउन कृषि क्षेत्रमा काम गर्ने किसानले आधारभूत आवश्यकता पाउनुपर्ने बताउनुभयो ।

दूधको उत्पादन तथा बजारीकरणमा देखिएको स`म`स्या र समाधानको विषयमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले आयोजना गरेको कार्यक्रममा किसानहरुले दूधको बजारीकरण हुन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले दूधको नीति लागू नगरिनु, व्यवसायिक पशुपालनको मापदण्ड नहुनुलगायका कारणले किसानहरु मारमा परेका बताउनुभयो । को`भि`ड महामारीका कारण नेपालमा ३३ प्रतिशतले दूधको उत्पादन घटेको र पछिल्लो समय मिल्क होलिडे भन्दै किसानको दूध उठाउन छोडिएकोमा किसानहरुले गुनासो गरेका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *