दोहा- निकै दू लर्भ रो गबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट संकलित सहयोग रकम पठाईएको छ । ‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पी डित श्रेष्ठको पोल्याण्डमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग अभियानबाट जुटेको १० लाख रूपैयाँ पोल्याण्डमा पठाइएको हो ।
कतारमा टिकटक मार्फत धेरै नेपालीको मन जित्न सफल दंगाली बाबु योगेश श्रेष्ठको पहल र डीआरके समूह कतारका सल्लाहकार तथा सामाजिक अभियन्ता राजन चापागाईं लगायतको टिमले १० लाख २५ हजार ६५८ रुपैयाँ सहयोग रकम पठाएको हो ।
अभियान्ता चापागाईंका अनुसार डीआरके समूहले इन्द्रेणीका संचालक कृष्ण कंडेलको नाममा ५ लाख ५ हजार ६५८ रुपैयाँ र इन्द्रेणीकै नबराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार रुपैयाँ पठाएको छ । जसमा इन्द्रेणी व्यवस्थापनको लागि २० हजार र अरु सियोना श्रेस्ठलाई इन्द्रेणीको टिममार्फत श्रेष्ठको घर परिवारलाई बोलाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने जनाइएको छ ।