WHO को चेतावनी:कोरोना एक सातामा ठयाकै आठ गुणा फैलन सक्ने ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन आग्रह गरेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई कोरोनाको दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् ।

उनले कोरोना रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिने भन्दै संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्ने बताएका छन् । कोरोना आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।

जाडोयाममा संक्रमणको थप जोखिम भएकाले यसबाट बच्न अतिरिक्त स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको विज्ञहरु बताउँछन् । विज्ञहरूले कोरोनाविरुद्धको खोप नआउन्जेल जाडोयाममा मौसमी रुघाखोकी, निमोनिया आदिको खोप लगाउनु फाइदाजनक हुन सक्ने औंल्याएका छन् । नेपालमा २ लाख २९ हजार ३४३ जना कोरोना संक्रमित भएका छन् भने १ हजार ४ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *