युवासँग बाबुरामको आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका वि`रु`द्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान युवासँग यस्तो आग्रह गरेका हुन् ।

युवासंग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर रा`ज`त`न्त्र`को गोबर नखाऊॅ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घो`प्टा`एर पूरै गिलास खाली होस्,’ भट्टराईको ट्वीटरमा उल्लेख छ ।अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो विर्सन नहुने उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं ।’

शुक्रबार पनि उनले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्ने बताएका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *