अडिशनकोलागी प्रतियोगी ले ५ हजार रुपैयाँ ऋण लिएको कुरा थाहा पाएकी नेहा कक्कडले दिईन् १ लाख रुपैयाँ !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतीय टेलीविजनको सिंगिंग रियालिटी शो २८ नोभेम्बरदेखि सोनी टिवीमा प्रसारित हुने तयारीमा रहेको छ । अघिल्लो सिजनमा झैं यो सिजनमा पनि नेहा कक्कड़ शोमो जज बन्नेछिन् । नेहाले आफ्नो हनीमून सक्काएर शोको शूटिंग शुरु गरिसकेकी पनि छन् ।

लगातार शोको प्रोमो जारी गरि सकिएको पनि छ । जस्मा केही कन्टेस्टेन्टसंग नेहाले प्रत्यक्ष भेटेकी पनि छिन् । यसैबीच जयपुरका शाजाद अलीको भिडियो पनि बाहीरिएको छ । यी कन्टेस्टेन्ट अरुको तुलनामा आर्थिक स्थितिमा निकै नै कम्जोर रहेछन् । जस्को गरिबी सिंगर नेहाले देख्न सकिनन् । र नेहाले उक्त गरीब कन्टेस्टेन्टलाई १ लाख रुपैया दिएकी छिन् । नेहाको यो उदार हृयको खबरले यतिबेला सोशल मिडियामा चर्चा पाईरहेको छ ।

सोनी टीवीद्वारा भर्खरै मात्र शोको नयाँ प्रोमोकोलागी भनेर जयपुरदेखि अडिशनकोलागी मम्बई पुगेका शहजाद अलीले जब आफ्नो प्रस्तुती हारमोनियमको साहायतामा दिएका थिए । तब नेहा उनको त्यो अवस्था देखेर निकै नै भावुक बनेकी थिईन् । आफ्नो परिचय दिने क्रममा शहजादले भनेका थिए कि उनले आफ्नो दैनिकी रोजीरोटीकोलागी जयपुरमा एक कपडाको दोकानमा काम गर्ने गर्दछन् ।

शहजाद सानै छंदा उनकी आमाको निधन भएको कुरा जब शहजादले सुनाए तब नेहा झनै भावुक बनिन् । आमाको मृत्यु पश्चात शहजादलाई उनकी मामाघरको हजुर आमाले पालेकी रहिछन् । शहजाद अडिशनकोलागी जयपुरबाट मुम्बई आउँदा उनीसंग बाटोखर्च नभएको हुनाले हजुरआमाले बैंकबाट ५ हजार लोन लिएको बताएपछि नेहाले शहजादलाई १ लाख रुपैयाँ दिंदै यो रकम आफ्नो हजुर आमालाई दिनु भनेकी थिईन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *