गुल्मीमा जीप दुर्घटना, एउटै गाउँका ४ सहित ५ जनाको मृ`त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा आज (शुक्रबार) बिहान जिप दु`र्घ`ट`ना हुँदा ५ जनाको मृ`त्यु भएको छ। दुर्घटनामा तीन जना घा`इ`ते भएका छन्। दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृ`त्यु भएको गुल्मीका प्रहरी प्रहरीले जानकारी दिएको छ।

शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो। जीपमा चालकसहित ९ जना थिए। दुर्घटनामा इस्मा–४ हुलकै ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षकी सुन्दरी थापाको मृ`त्यु भएको हो।

इस्मा–४ हुलकै १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र सहचालक २५ वर्षका कमल हितान घाइते भएको प्रहरीले बताएको छ। चालक बुद्ध बस्नेत र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। फाइल तस्विर


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *