भारतको दक्षिणी क्षेत्रमा शक्तिशाली तुफान, सयौँ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको श`क्ति`शा`ली तु`फा`न ‘निवार’ले जनजीवन प्रभावित भएको छ ।
दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै ‘निवार तुफान’ प्रवेश गरेको छ ।
तुफानबाट प्रभावित ती क्षेत्रका १ हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
तुफानका कारण सडकहरु अ`व`रु`द्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् । ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् ।
भारतमा हरेक वर्ष आउने तु`फा`नले एक सय भन्दा बढीको मृ`त्यु हुने गरेको छ ।

यो तुफान अहिले कमजोर हुँदै गए पनि ख`त`रा भने नटरेको बीबीसी हिन्दीले जनाएको छ । तुफान हाल चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *