सेयर गर्नुहोस्
दमक/ झापाको बिर्तामोडबाट सोमबार बिहान १० बजेबाट एक युवा बेपत्ता भएका छन् ।सोमबार बिहान ७ बजे बिर्तामोडको एक होटलमा साथीभाइहरुले चियाकफी खाइ १० बजेतिर खान खान घर जान्छु भनी हिडेका २३ वर्षीय पर्वत पौडेल आजसम्म पनि कसैको सम्पर्कमा आएका छैनन् ।उनको घरमा आमा बुवा र उनी गरी जम्मा ३ जनाको परिवार छ ।
पौडेल परिवारको एकमात्र सन्तान पर्वत हराउँदा उनकी आमा र बाबामा ठूलो पिरको पहिरो लडेको छ ।छोरो खोजीका लागि प्रहरीमा निवेदन दिएको भएपनि उनी फेला पर्न सकेका छैनन् ।मोवाइल ट्राकिङ गरी हेर्दा सोमबार झापाको हडिया बुधबारेमा देखिएका थिए भने बुधबार साँझ सुनसरी जिल्लातिर देखाएको थियो ।यतिबेला उनका आफन्त, इष्टमित्र, छरछिमेकीलगायत सबैजना उनको खोजीकार्यमा तीव्र लागी परेका छन् ।उनी झापाको बिर्तामोडस्थित एउटा सहकारीमा कार्यरत कर्मचारी हुन् ।
सेयर गर्नुहोस्