कक्षा १२ को परीक्षा पुनः रद्द हुन सक्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेल भन्छन् : 

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् ।भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो,

सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन भने केही विद्यार्थीहरुले मास्क लगाएका देखिएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेल भन्छन् : परीक्षा रद्द गर्न सक्छौं परीक्षामा स्मार्टफोनबाट उत्तर लेखिरहेको भाइरल भिडियोबारे हामीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलसँग कुरा ग-यौँ । उनले यो घटनाबारे परीक्षा बोर्डमा जनाकारी नआएको बताए । उनले कुन कलेजमा यस्तो भएको त्यसको जानकारी दिन समेत आग्रह गर्दै थाहा पाउने वित्तिकै कारवाही गर्ने उल्लेख गरे ।

उनले भने–‘कोरोना काल छ, ५ हजार १ सय परीक्षा सेन्टर छ, सबै ठाउँमा बोर्डले मात्र अनुगमन गर्न सक्दैन । कहिँ कतै त्यस्तो प-यो भने हामी अनुगमन गर्न त सक्छौँ नै । अनुगमन पनि गरेका छौँ । जहाँ जहाँ गरेका छौँ त्यहाँ यस्तो देखिएको पनि छैन । कहाँको हो, कुन जिल्लाको हो ? कुन विद्यालयको हो ? मिडियामा आइसकेपछि हैन कसरी भनौँ । त्यो थाहा पाऔँ न ।’

बोर्डले अनुगमन गरेको केन्द्रहरुमा भने राम्रोसँग परीक्षा भएको उनको दावी छ ।

उनले परीक्षालाई मर्यादित बनाउन बोर्ड लागिपरेको बताउँदै धेरै संख्यामा परीक्षा केन्द्र भएकोले सबैमा अनुगमन गर्न नसकिने उल्लेख गरे । परीक्षामा स्मार्ट फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुर अनुसार कारवाही हुने बताउँदै नियम विपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षा समेत रद्ध हुने उनले बताए ।

बोर्डका अध्यक्ष पौडेलले परीक्षामा पर्यात मात्रामा निरिक्षकहरुको व्यवस्था गरिएको, मोबाइल फोन लान नपाइने र सामाजिक दुरी कायम गरेर परीक्षा दिने व्यवस्था गरिएको बताएपनि भाइरल भएको सो भिडियोमा कतिपय बिद्यार्थीहरुले मास्क समेत नलगाएको स्पष्ट देखिन्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *