विल गेट्सलाई उछिनेर विश्वकै धनी ब्यक्ति बने इलोन मस्क, कति छ उनको सम्पत्ती ?

अर्थ रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । वि`श्वकै धनी बन्ने लिष्टमा बिल गेट्सलाई टेस्ला तथा स्पेस एक्सका मालिक इलोन मस्कले उछिनेका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई उछिनेर टेस्ला विश्वकै धनी बन्ने लिष्टको दोस्रो नम्बरमा आइपुगेका छन् । उनी यस अघि विश्वको धनीहरुको सूचीमा ३५ औं नम्बरमा थिए। उनले चमत्कारीक रुपमा आफ्नो स्थान दोस्रो बनाएका हुन् ।

बिल गेट्सलाई पछिपार्दै मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि उनी धनी बन्ने मानिसको सूचीमा उकालो लागेका हुन् । मस्कको व्यक्तिगत धन १२८ अर्ब ड`ल`र पुगेको बताइएको छ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस अहिले पनि विश्वका सबैभन्दा ध`ना`ढ्य व्यक्ति नै हुन्। बेजोसको सम्पत्ति १८२ अर्ब डलरभन्दा बढी भएको बताइएको छ। मस्क भने विश्वको ३५ औं धनाढ्य सूचीबाट एकैपटक वि`श्व`को दोस्रो धनी व्यक्ति बनेका हुन्। पछिल्लो समय टेस्लाको सेयरमा भारी वृद्धि भएको बताइएको छ। विश्वकै धनीहरुको सूचीमा पहिलो नम्बरमा जेफ बेजोसको नाम छ । एजेन्सी


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *