मोरङमा भयो अचम्म : शव घाटबाट उठाएर अस्पताल

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । एक ब्यक्तिको ज्या`न गएपछि अन्तिम संस्कारको तयारी गरिएको थियो । शवलाई घाटसम्म पुरयाइएको थियो । त्यसै क्ष`ण एक अ`च`म्मको कारणले उक्त शवलाई अस्पताल लैजानु पर्यो ।

चितामा राखिएको शवको होस आएर अस्पताल भने लगिएको होइन । ज्यान गएका ब्यक्तिको टाउकामा समस्या थियो । शल्यक्रिया गरिएको थियो तर ब्यक्तिको ज्या`न गयो ।
शबको अन्तिम संस्कार गर्ने क्रममा शवको पेट चि`रेको पाइयो । शं`का`स्पद काम गरेको भन्दै अस्पताल लगिएको हो ।

बिराटनगरबाट अन्नपूर्ण पोष्टका लागि सागर बुढाथोकीले लेखेको समाचार अनुसार, मोरङको केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । उनको उपचारका क्रममा शनिबार निधन भयो ।

परिवारका सदस्य र आफन्तले अन्तिम सं`स्का`र गर्न ठिक्क पारेर चि`ता मा चढाउँदै गर्दै पेट चि`रेको पाइएपछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

नोबेलका वरिष्ठ सर्जन डा। प्रकाश काफ्लेले भने टाउकाको शल्यक्रिया गर्दा पेट चि`र्नु सामान्य भएको बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *