६ बर्षीया बालिकाको ह`त्याको विरोधमा बर्दिवास तनावग्रस्त, प्रहरीको गोली लागि ३ घा`इते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको ह`त्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गो`ली लागेर तीन जना घा`इ`ते भएका छन् ।

घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने, अफ्ताब आलम र श्याम कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।एक जनाको अवस्था भने गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेकोे छ । आ`क्रो`शित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा ह`त्या आरोपीको घरमा आ`ग`जनी समेत गरेका छन् ।

आन्दोलनकारी उ`ग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहलाई प`क्रा`उ गरिसकेको छ ।पक्राउ परेका साहले बा`लि`काको ह`त्या गरेको स्वीकारेका छन् । पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन् । प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो ।

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन् । ह`त्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार म`ध्य`रा`तमा श`व भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *