बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृ`त्यु, ६ घाइते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दु`र्घ`ट`ना हुँदा ५ जनाको मृ`त्यु भएको छ भने ६ जना घाइते भएका छन्। मंगलबार करिब दिउँसो १ बजे झुलाघाटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दु`र्घ`टनामा परेको हो।

पाँज जनाको घटनास्थलमै मृ`त्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। घटनाको थप विवरण आउन बाँकी रहेको छ। घटनास्थलमा प्रहरी र स्थानीय पुगेर घाइतेको उद्वार गरिरहेका छन्।बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृ`त्यु भएको छ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घा`इ`ते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए। प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लोड क्रममा गुडेर जीप दु`र्घ`टना भएको हो। उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ। चालक रविलाल बुढाले सामान लोड गर्नेक्रममा जीप अचानक गुडेको थियो। चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *