दु:खद खबर घरआँगनमा खेल्दैगर्दा हराएकी बालिकाको श’व झा’डीमा बोराभित्र भेटियो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ ।जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको श’व प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको श’व बर्दिवास–१४ कै शुभम बस्ती नजिक को झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको श’व भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बालिकाको नियोजित ह’त्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई प’क्राउ गरेको छ ।प’क्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको ह’त्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाँईले बताउनुभयो ।

घ’टना प्रकृति हेर्दा बालिकालाई ब’लात्कार गरेर ह’त्या भएको स्थानीयवासीले बताएका छन् ।प्रहरीले भने श’व परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । श’व परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घ’टनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाँईको भनाइ छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *