६ वर्षीया बालिकाको हत्या,ब`ला`त्का`र पछि हत्याको आरोपमा आरोपिको घरमा आगजनि

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पसलेले भने-‘ह`त्या मैले गरेको हुँ’

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको ह`त्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको ह`त्या भएको हो ।

उनी आइतबार साँझदेखि वे`प`त्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।
बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले जानकारी दिए ।

बालिकाको ब`ला`त्का`रपछि ह`त्या गरिएको आ`शं`का स्थानीयले गरेका छन् । यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।
बालिकाको हत्याको आ`रो`पमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प`क्रा`उ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।
२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला ५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउनासाथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’

चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले ह`त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले ब`ला`त्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।
रातारात साहलाई बर्दिवास लिएर प्रहरी आएपछि उनले बालिकाको शव देखाएको प्रहरीको भनाइ छ ।
बालिकाको शव फेला परेपछि बर्दिवासका बासिन्दाले मंगलबार बिहानैदेखि वि`रो`ध प्रदर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अ`व`रुद्ध गराउनुका साथै बजार पनि बन्द गराएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *