नासाले समुद्री सतह नाप्ने भूउपग्रह आज प्रक्षेपण गर्दै

विश्व प्रवास सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्र`क्षेपण गर्ने भएको छ । नासाको आधिकारिक वेभसाइटमा उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ ।

नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू-उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट नेपाली समय अनुसार राति ११ बजे प्र`क्षेपण गरिने जनाइएको छ ।पृथ्वीको सतह भन्दा ८३० माइलमाथि नेक्स्ट-जेनरेसन भू-उप`ग्र`हले विश्वभरको स`मु`द्री सतह ना`प्ने जनाइएको छ ।

सेन्टिनेल-६ माइकल फ्रेलिच भू-उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।
यो भू-उपग्रह स्पेस एक्स फाल्कन ९ र`के`टमा प्र`क्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ।

अन्तरिक्षमा पुगेपछि यस भू-उप`ग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ।
गत ३० वर्षदेखि भू-उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *