महात्मा गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा बिक्री

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

महात्मा गान्धीले ”लगाएको र बिग्रिएको ” घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ)मा बिक्री भएको छ।उक्त घडी कुनै समय महात्मा गान्धीले लगाएको थियो । घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक रहेको जनाइएको छ ।

चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वा`मित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा ”उनको समर्पणका लागि धन्यवाद स्वरूप” दिएको बीबीसीमा उल्लेख छ ।लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पा`उ`न्ड प्राप्त गर्ने आशा राखेका थिए।

यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो। गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो। बीबीसीबाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *