पार्टीमा एक्लिएपछि ओलीले मागे देउवाको साथ, बालुवाटारमा ३ घण्टा लामो बैठक पछि भयो यस्तो सहमति

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । आफ्नै पार्टी भित्रका नेताहरुवाट आ`लोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले वि`प`क्षी दलका नेताहरुसंग छलफल अघि बढाएका छन् । ओलीले शनिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण कुराकानी गरेका छन् । दुई अध्यक्षबीच भएको लामो कुराकानीमा मिलेर जाने विषय भएको बताइएको छ ।

तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका मुख्य नेताहरुसंग ओलीले दुरी बढेको छ । वि`वा`द उत्कर्षमा पुगेर त्यसको प्र`भाव जिल्लामा समेत देखिएको छ । नेताहरु एक अर्का वि`रु`द्ध उत्रिएका छन् ।

विश्वस्त स्रोतका अनुसार उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । आफु अहिले पार्टी भित्रै अप्ठेरोमा परेको भन्दै देउवालाई साथ दिन आ`ग्र`ह गरेको बुझिएको छ ।

देउवा विश्वासपात्रहरु गोपालमान श्रेष्ठ र रमेश लेखकसँगै अपरान्ह बालुवाटार पुगेका थिए । उनी फर्कदा साँझ परिसकेको थियो । प्रधानमन्त्री ओलीले पनि विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेको बताइएको छ । छलफलमा बालुवाटारमा दुवै नेताले राजनीतिक समिक्षा गरेको बताइएको छ । ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशव्यापी रुपमा पार्टीमा आफ्नो पकड के कस्तो छ र विभाजन भएको अवस्थामा कुन स्तरको शक्ति बन्न सकिन्छ भन्ने आँकलन गर्न ७७ वटै जिल्लामा कार्यकर्ता परिचालन गरेर एक किसिमको सर्भे नै गरिरहेको छन्।

प्रचण्ड–नेपाल पक्षका स्थानीय नेता कार्यकर्ताहरूसँग सम्पर्क सम्बन्ध नै नगरी जिल्ला जिल्लामा खटिएका ओली पक्षीय नेता कार्यकर्ताले स्थानी तहमा आफ्नो शक्तिको आँकलनसहितको रिपोर्ट पठाइरहेका छन्। विवाद बढ्दै गएर पार्टी विभाजन भएको खण्डमा आफ्नो अवस्था के रहन्छ भन्ने विषयमा प्रधानमन्त्रीले जिल्लावाट रिपोर्ट मागिरहेको बताइएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *