गाउँपालिकाको कार्यालयमा ब’म बि’स्फो’ट, कार्यालयको सबै सामान ध्व’स्त

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा ब’म बि’स्फो’ट भएको छ । गएराती मध्यरातमा गाउँपालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा अज्ञात समूहले ब’म बि’स्फो’ट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ब’म बि’स्फो’टबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्ष’ति पुगेको प्रहरीले जनाएको छ । यसका साथै घटनास्थल नजिकै एउटा ब’म पनि फेला परेको र गाईघाटबाट ब’म डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताएका छन् ।

घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । घटना कसले र किन गराएको हो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताएका छन् । उनका अनुसार घटनाका बारेमा अनुसन्धान भईरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *