चिकित्सकको लापरबाहीले सुत्केरीको मृ’त्यु भएको भन्दै अस्पताल तोड’फोड

स्वास्थ्य
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरहा — लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृ’त्यु भएको भन्दै आफन्त वि’रोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तो’ड’फो’ड गरेका छन् ।

प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको श’ल्य’क्रि’याका क्रममा राति मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बे’पत्ता भएको महिलाका आफन्तले बताएका छन् । साहको मृ’त्युपछि उनीहरूले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृ’त्यु भएको हो,’ पति प्रमोद साहले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आ’क्रो’शित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अ’व’रु’द्ध गरेका थिए ।

स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *