तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ आजदेखि सर्वसाधारणका लागि खुला गरिँदै

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास रहेकाे ‘श्रीसदन’ आजदेखि सर्वसाधारण जनताकाे अवलाेकनका लागि खुला गरिँदै छ ।

नारायणहिटी दरबार सङग्राहालयभित्रै अवस्थित श्रीसदन सबैकाे अवलोकनका लागि खुला गरिन लागेकाे हाे । श्रीसदन प्रदर्शनीकक्षको शनिबार नै सं’स्कृति, प’र्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्थलगत अनुगमन समेत गरिसक्नुभएकाे छ ।
नारायणहिटी दरबार ह’त्या’का’ण्ड हुनुअघिसम्म श्रीसदनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र छोरा निराजन बस्ने गर्थे । तर दीपेन्द्र युवराज भएपछिचाहिँ छुट्टै बस्नुपर्ने चलन अनुसार त्रिभुवन सदनमा बस्न थालेका थिए ।

त्रिभुवन सदनमै राजा वीरेन्द्रको परिवारको वं’श’नास भयाे । त्यस घ’टनापछि त्रिभुवन सदन भत्काइयाे भने श्री सदन बन्द गरिएकाे थियो ।श्रीसदनसँगै नारायणहिटी दरबार परिसरमै नव निर्मित ‘गणतन्त्र स्मारक’ पनि सर्वसाधारणका लागि खुला गरिन लागेकाे जनाइएकाे छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *