सडकमै छमछमी नाचे ट्राफिक प्रहरी (भिडियो )

मनोरञ्जन सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम समेटिएको भिडियो सार्वजनिक गरेको छ । ट्राफिक महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो । भिडियोमा नृत्यसमेत ट्राफिक प्रहरीले नै गरेका छन् । ****AB- सन्सार ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस ***,

गीतमा २५ वटा ट्राफिक नियम समेटिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोगलगायतका ट्राफिक नियम समेटिएका छन् ।

सरोज ओली र एलिना चौहानको स्वरमा सजिएको गीतको नृत्य कोरियोग्राफर मनराम केसी हुन् । भिडियोको निर्देशन तथा छायाङ्कन प्रकाश भट्टले गरेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका हुन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *