भर्खरै ओली सरकार ले दियो सारा नेपाली हरुका लागी खुसीको खबर पुराहेरी ( सेयर गरौ।

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण लगानी गरिदिने भएको छ । नवीनतम सोच, ज्ञान, सीप र क्षमताको प्रवद्र्धन गर्न राज्यले नवप्रवर्तनकारी काम सुरु गर्ने व्यक्ति तथा संस्थालाई सुरुवाती पुँजी ऋण अनुदानमा दिने भएको हो ।सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नवप्रवर्तनकारी काम सुरु गर्नेलाई अनुदानका रूपमा सुरुवाती पुँजी दिने घोषणा गरेको थियो  । तर, अघिल्लो वर्ष उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन । चालू आर्थिक वर्षबाट भने सरकारले सुरुवाती पुँजी अनुदानमा नभई सहुलियत ऋणमा दिने घोषणा गरेको छ  ।

बजेटमा भएको सोही व्यवस्थाअनुसार नयाँ आविष्कारको काम गर्ने व्यक्ति, कम्पनी तथा संस्थालाई ऋण लगानी गरिदिने भएको योजना आयोगले जनाएको छ । नवीनतम सोच, ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि सुरुवाती पुँजीका रूपमा ऋण अनुदान उपलब्ध गराइने राष्ट्रिय योजना आयोगले जनाएको छ  । अहिलेलाई १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको योजनामा लगानी गरिदिने आयोगको भनाइ छ ।यस्तो ऋण अनुदान २ प्रतिशत ब्याजदरको हुनेछ । विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–वाणिज्यलगायत ८ वटा क्षेत्र तोकिएको छ । यी क्षेत्रमा अविष्कार गर्नेलाई सरकारले पुँजी दिने हो । काम सुरु हुँदै जाँदा तीन किस्तामा उपलब्ध गराइने यस्तो ऋण सम्बन्धित व्यक्ति वा संस्थाले साढे ४ वर्षभित्र तिरिसक्नुपर्ने छ । यसैबीच आयोगले गत वैशाख २९ मा नवप्रवर्तन सुरुवाती पुँजी अनुदान प्रदान गर्न प्रस्ताव आह्वान गरेको थियो । त्यसमा करिब ७ सयवटा आवेदन परेका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *