बुबा–आमा र दिदी–बहिनीका कारण म र्न हिँडे भन्दै हराएका डाक्टर काभ्रेमा फेला परे

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । कार लिएर हराएका भक्तपुरका डाक्टर काभ्रेमा फेला परेका छन् । उनी विहानै ५ वजे परिवारका सदस्यलाई फोन गरेर हिडेका थिए । उनको फेसवुकमा पनि सु’सा’इड नोट देखिएको थियो । भक्तपुरवाट विहानै हराएका भनिएका दन्तरोग विशेषज्ञ डा दिगम्बर झा काभ्रेमा फेला परेका हुन् ।भक्तपुरको राधेराधेबाट हराएका डा दिगम्बर झा काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित अरनिको राजमार्गमा फेला परेको प्रहरीले जनाएको छ ।

उनले परिवारका नाममा नोट पनि लेखेका थिए । परिवारसंग राम्रो सम्बन्ध नभएका उनले पारिवारीक कारणले नै आफ्नो जिवन त्याग गर्ने निर्णय गरेको भन्दै नोट लेखेका थिए ।डा। झाको बुबा–आमा र दिदी–बहिनीसँग सम्बन्ध राम्रो नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । उनले आफुले परिवारकै कारण मृ त्यु रोजेको पनि नोटमा लखेका छन् ।

उनी बा १६ च ८६८९ नम्बरको कार लिएर गएका थिए । प्रहरी श्रोतका अनुसार काभ्रेको पनौती पुगेपछि उनको मोवाइल अफ भएको देखिएको थियो ।आफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीय प्रहरीले उनलाई भेटेको महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपी दीपक गिरीले पुष्टि गरेका छन् । उनी निरास अवस्थामा बसेको देखिएका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *