कक्षा ११ को परिक्षा दिन हिडेकी प्रियाको बाटैमा मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार एक युवतीको मृत्यु भएको छ । राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दु’र्घटना हुँदा त्रियुगा नगरपालिका ९ की १९ वर्षिय युवती प्रिया बुढाथोकीको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको छ ।

यस्तै घाइते हुनेमा भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए ।उनी सामान्य उपचार पछि घर फर्किएका छन् ।मृ’तक युवती गाईघाटको प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को बोर्ड परीक्षामा सामेल हुन आईरहेको अवस्थामा कुकुरलाई जोगाउने क्रममा दु’र्घटना भएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *